बैंक अफ काठमाण्डूको पोखरा महानगरपालिका वडा नं. ०१, बगरस्थित बगर शाखाको बिहीबार उद्घाटन भएको छ।
नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रूपमा बगर शाखाको औपचारिक उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै जानेमा बैंक प्रतिबद्ध रहेको जनाए। साथै, बैंकले गण्डकी प्रदेशमा अन्य शाखा कार्यालयहरू पनि संचालनमा ल्याउने योजना रहेको जानकारी दिए।
पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरूमा शाखा कार्यालय संचालन गरी आम जनमानसहरूलाई बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको बताए।
बैंक अफ काठमाण्डूले हाल ९७ शाखा कार्यालयहरू, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दैछ।