सरकारले अमेरिका र बेलायतका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेका छन्।
प्रतिनिधिसभा संसद सचिवालयका अनुसार अमेरिकाका लागि राजदूत सिफारिस गरिएका डा. युवराज खतिवडा र बेलायतका लागि सिफारिस गरिएका लोकदर्शन रेग्मीमाथि चार वटा उजुरी परेका हुन्।
बैठकले उजुरीकर्तालाई १७ गते बोलाएर छलफल गर्ने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
‘कोविरूद्ध कति-कति उजुरी परेका हुन् खुलेको छैन,’ उनले भने।
उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने उनले बताए।
‘त्यसपछि छलफलपश्चात् सुनुवाइ तय हुने छ,’ पाण्डेले भने।
पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।