काठमाडौंमा हारजित हुने गरी (जुवा) ओखर हान्ने २१ जना ६ लाख ४ हजार रुपैयाँ सहित पक्राउ परेका छन्।
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंले २१ जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।
हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो। उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए।
त्यहाँबाट २१ जनालाई प्रहरीले ६ लाख ४ हजार रुपैयाँ सहित पक्राउ गरेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। थप अनुसन्धान गर्न उनीहरूलाई वृत्त स्वयम्भूमा बुझाइएको छ।