मेगा बैंकले ३० प्रतिशतले नाफा वृद्धि गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४० कारोड १९ लाख रुपैयाले बढी हो । आर्थिक वर्ष २०७४/७५ मा बैंकले १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकले वितरणयोग्य मुनाफा ९२ प्रतिशतले वृद्वि गरेको छ । सोही अबधिमा बैंकको कूल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन यसअघिको वर्षको भन्दा ३०.०१ प्रतिशतको बढी हो । त्यसैगरी, खुद कर्जा तथा सापटी १५ अर्ब ४८ करोडले बढाएर ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ जुन बृद्धि अघिल्लो वर्षको भन्दा २७.०३ प्रतिशतको हो ।
यस अबधिमा बैंकको खराब कर्जाको दर भने बढेको छ । अघिल्लो वर्ष ०.८२ प्रतिशत रहेको यो दर गत आर्थिक वर्षमा ०.८६ प्रतिशत पुगेको छ । यस्तै कर्जा र बचत अनुपात ७५.७९ छ ।
गत वर्ष बैंकले आधार दर घटाएर ९.९८ मा कारोबार गरेको छ । यो अघिल्लो वर्ष ११.३६ थियो । यस्तै बैंकको कर्जा र बचत बीचको व्यज अन्तर ४.७३ प्रतिशतमा कायम गरेको छ ।
सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.५५ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १३०.९३ रुपैयाँ छ ।