सनराइज बैंकले गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) बाँडेको छ।
शुक्रबार ५० थान पिपिई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वि सुब्बा गुरुङ्गलाई सनराइज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले उक्त पिपिई दिए।
यसैगरी बैंकको प्रादेश नं २ को प्रादेशिक कार्यालयले सामाजिक विकास मन्त्रालयलाई २५ थान पिपिई दिएको छ।
बैंकका प्रादेशिक कार्यालय २ का प्रादेशिक कार्यालय प्रमुख रोहित महासेठले सामाजिक विकास मन्त्री नवल कुशोर साहलाई उक्त पिपिई दिए।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ३३० वटा भन्दा बढी पिपिई उपलब्ध गराएको छ।