आज सेयर बजार घटेको छ। बिहीबार सेयर बजारको परिसूचक ५८.९९ अंकले घटेर २,६६१.४४ पुगेको हो।
दिनभरमा जम्मा २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९१ रुपैयाँ ६६ पैसाको कारोबार भएको छ। कारोबार भएका कुल कम्पनीमध्ये १८५ कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य बढेको छ।
आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक नकारात्मक देखिएको छ। बिहीबार हिमालयन जेनेरल इन्स्युरेन्सको सेयर भने ९.९१ प्रतिशतले बढेको छ। बाँकी कम्पनीको सेयर जम्मा २ प्रतिशतभन्दा कमले बढेको छ। नेपाल स्टक एक्सचेन्जकाअनुसार आज नेसनल हाइड्रो पावर कम्पनी सबैभन्दा धेरै सेयर कारोबार भएको छ।
कम्पनीको २६ करोड ९७ लाख १६ हजार ४१७ रुपैयाँ १० पैसाको कारोबार भएको हो। यसपछि, एनटिसीको २५ करोड ३५ लाख ७२ हजार १२७ रुपैयाँ, जीवन विकास लघुवित्त वित्तीय संस्थाको १४ करोड ३ लाख ५ हजार १४७ रुपैयाँ ८० पैसा, अरुन भ्याली हाइड्रोपावर डिभलप्मेन्टको १२ करोड ९७ लाख ४३ हजार ९४३ रुपैयाँ ५० पैसा र हिमालयन डिस्टिलरी लिमिटेडको १२ करोड ५५ लाख ९९ हजार ४०८ रुपैयाँको कारोबार भएको छ।