नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ९० पैसा र बिक्रीदर १२४ रूपैयाँ ५० पैसा पुगेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रूपैयाँ ८२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४६ पैसा पुगेको छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३३ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३३ रूपैयाँ १९ पैसा तोकेको छ। कतारी रियाल एकको खरिदमा भने ३३ रूपैयाँ ८१ पैसा र बिक्रीमा ३३ रूपैयाँ ९७ पैसा पाइन्छ।
युएई दिराम एकको खरिदमा आज ३३ रूपैयाँ ७३ पैसा र बिक्रीमा ३३ रूपैयाँ ९० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ २३ पैसा र बिक्रीदर २८ रूपैयाँ ३७ पैसा पुगेको छ।
कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ७७ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ७३ पैसा पुगेको छ। आज बहराइन दिनार एकको खरिदमा भने ३२८ रूपैयाँ ६७ पैसा र बिक्रीमा ३३० रूपैयाँ २६ पैसा कायम गरिएको छ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दरः