नेपालमा धेरै रुचाइएको बिस्कुट ब्रिटानियाले पर्सास्थित नारायणी अस्पतालमा सेवारत डक्टरहरुका लागि सुरक्षा पोशाक उपलब्ध गराएको छ।
कम्पनीले आफ्नो साझेदार विशाल ग्रुपसँग समन्वय गर्दै सुपथ मूल्यमा स्वस्थ स्न्याकहरु निरन्तर उपलब्ध गराउने प्रतिबद्धता गरेको छ।
ब्रिटानिया प्याक गरिएको खाद्य उत्पादनहरु उत्पादन गर्ने एक कम्पनी हो।
जसका उत्पादनहरुमा गूड डे, डाइजेस्टिभ, मेरीगोल्ड टु ट्रिट, टाइगर र केकहरु रहेका छन्।
यी उत्पादनहरु नेपाल लगायत विश्वका अन्य धेरै राष्ट्रहरुका सबै उमेर समुहका उपभोक्ताहरुले अत्यधिक मनपराउने कम्पनीको भनाइ छ।