मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ। यो खबर आजको कान्तिपुरमा बसन्त बस्नेतले लेखेका छन्। तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ।
पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ। संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल नहुने भएको छ।
पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूसँग छलफल अघि बढाइएको तमलोपा अध्यक्ष महन्त ठाकुरले जानकारी दिए।