गत वर्षको फाइनलिस्ट एट्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको इङ्लिस क्लब लेस्टर सिटीलाई क्वाटरफाइनलअन्तर्गत पहिलो लेगको घरेलु खेलमा १–० ले पराजित गरेको छ।
एट्लेटिकोलाई उसको मैदानमा गोलरहित बराबरीमा रोक्ने योजना अनुरुप डिफेन्सिभ रणनीतिमा केन्द्रित रहेको लेस्टरले आफ्नो योजनालाई बुधबार राती धेरै हदसम्म सफल तुल्यायो। तर, २८ मिनेटमा पेनाल्टीबाट खानु परेको एउटा गोलका कारण ऊ एक गोलको भारी बोकेर घर फर्किन बाध्य भयो। पेनाल्टीबाट निर्णायक गोल एन्टोन ग्रिजमनले गरेका थिए।
यी क्लबबीच दोस्रो लेगको खेल अप्रिल १८ मा हुनेछ। जुन एट्लेटिकोले लेस्टरको गृहनगरमा गएर खेल्नु पर्नेछ। गत सिजन एट्लेटिकोले फाइनल खेलेको थियो।