मैले धेरै प्रकारको जुत्ता लगाएँ। राम्रो गुणस्तरको जुत्तालाई महँगो पर्ने र सस्तो जुत्ताको गुणस्तर नहुने अनुभव गरेँ। यो धेरैले भोगिरहेको समस्या हो। मलाई एकजना साथीले स्थानीय जुत्ता खरिद गर्न सल्लाह दियो।
यसमा आफ्नो खुट्टाको नापअनुसार जुत्ता बनाइँदो रहेछ। त्यो जुत्तामा पछि केही समस्या अयो भने पछि सित्तैमा बनाइदिइँदो रहेछ।
मैले त्यो जुत्ता लगाएको २ वर्ष भयो अहिलेसम्म केही पनि भएको छैन। हामी ब्राण्डेड जुत्ता भनेर हजारौँ रुपैयाँ खर्च गर्छौँ तर हामै्र देशमा बन्ने नेपाली जुत्ताप्रति हाम्रो ध्यान जाँदैन।
नेपालमै कम शुल्कमा पनि राम्रो गुणस्तरको जुत्ता बन्छ भन्ने जानकारी सबैमा पुगे नेपाली पैसा विदेश जानबाट जोगिनुको साथसाथै नेपाली सिपमा पनि थप उर्जा थपिने थियो।