करिव एक महिना अगाडि मैले कलंकीको भटभटेनीबाट ३१ सय ७५ रुपैयाँमा एउटा जिन्स पाइन्ट किनेको थिएँ। पाइन्ट बेच्नेले पनि निकै राम्रो हो भन्यो र मैले पनि यति महँगो पाइन्ट भाटभटेनीबाट किनेको के डुब्लिकेट पर्ला र भनेर किनिहालेँ।
तर पाइन्ट त एकपटक धुदा नै रङ्ग गयो। तीन पटक धुदा त लगाउनै नहुने गरी खुइलियो । त्यो पाइन्टको वारेन्टी ग्यारेन्टी पनि सोधेको थिइनँ। मेरो पैसा त बालुवामा पानी हालेको बराबर भयो।