भारतीय अटोमोबाईल कम्पनी टाटा मोटर्सले आफ्नो शोरुम तथा सेवा सुविधा केन्द्र नेपालगञ्जमा सुरु गरेको छ।
टाटा मोटर्स र सिप्रदी टेडिङ्गको प्रतिबद्घता अनुुसार आफ्नो सञ्जाल नेपालभरी फैलाउने क्रममासबैभन्दा ठुलो सेवा सुुविधा केन्द्रको रुपमा खोलिएको कम्पनीले जनाएको छ।
सो अवसरमा टाटा मोटर्सको कमर्सियल भेहिकलका कार्यकारी निर्देशक रवीन्द्र पिसारोड्डीले नेपाली बजारमा टाटाको कमर्सियल गाडीहरुको व्यावसायिक संजाल बिस्तार भएकोमा खुसी व्यक्त गरे। उनले भने ‘विश्व बजारमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेलिरहेको टाटाका उपभोक्ताको आवश्यकता र भावनाहरुलाई नजिकसँग बुझेको छ।’
कार्यक्रममा बोल्दै टाटा मोर्टसका अन्तराष्ट्रिय व्यापार, कमर्सियल भेहिकल्स युुनिटका प्रमुुख रुद्ररुप मैत्रले नेपाल टाटा मोर्टसको लागि एउटा बजार भएको बताउँदै बिक्रीपछिको सेवा निश्चित गर्नका लागि आफूहरु लागिपरेको बताए।
त्यस्तै सेवाको सुनिश्चितताका लागि अन्य कम्पनीभन्दा अलग हुनु पर्ने स्थिति अएको सिप्रदी कम्पनीका सिइओ राजन बाबु श्रेष्ठले बताए।
यहाँ सम्पूर्ण रेन्जका उत्पादनहरुको झलक देख्न सकिनेगरी गाडीको सजावट गरिएको छ। १५ वटा बे अत्याधुनिक इक्वीपमेन्ट सहित सुसज्जित छन् र ग्राहकहरुको हरेक आवश्यकता अनुसार सेवा दिन तालिम प्राप्त प्राविधिकहरु हाजिर हुने छन्।
सेवा सुविधा केन्द्रको उद्घाटनसँगै कार्यक्रममा पहिलो मोबाइल वर्कशपको पनि सुरुवात गरियो।
के के सेवा दिइन्छ ?
सजिवंनी सेवा– ६ दिन भीत्र ईन्जिन मर्मत गरी डेलीभरी गर्ने वाचा। एक्सप्रेस सेवा– ४८ घण्टा वा कम समयमा डेलीभरी गर्ने वाचा।
सर्भिस बुिकङ्घ– चाडो सर्भिसिङ्घको सुविधा लिन पूर्व वुकिङ्घको सुविधा।
क्वीक सर्भिस बेज– साना सर्भिसिङ्घको लागी निश्चीत गरिएको बेहरु।
एसएमएस अलर्ट– मर्मत सभांरको लागी चाहिने अनुमानीत खर्च तथा समयमवधिको सुचना एसएमएसद्धारा दिइने।