सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
म र मेरो परिवार काठमाडौँ, धापासीमा बस्छौँ। हाम्रो किनारा पसल छ। कहिलेकाहीँ म बाबासँग दूधको पैसा तिर्न घर नजिक रहेको कृष्ण मन्दिर भन्ने ठाउँ जान्छु।
बाटोमा खेत पर्छ। त्यहाँ कहिले धान, कहिले गहुँ लगाएको र फलाएको देखिन्छ। धान र गहुँ फल्ने समय फरक-फरक हुनेरहेछ।
धान वर्षा ऋतुमा रोप्नुपर्ने रहेछ। धान फलाउन पहिला बिउ राखिदोरहेछ। लगभग एक महिनामा रोप्नका लागि बिउ तयार हुँदोरहेछ। धान असारमा रोप्ने गरिँदोरहेछ। काठमाडौँमा त खनेर नै धान रोप्दा रहेछन्। धानको बिउ पनि एउटा-एउटा रोप्ने रहेछ। धान खेतीलाई धेरै पानी चाहिने रहेछ। काठमाडौँमा एक दिन पानी परेपछि ३-४ दिनसम्म खेतमा पानी अडिन्छ।
बाबाले मलाई खेतमा हेरिरहन भन्नुभएको थियो। मैले हेरेर नै सबै कुरा थाहा पाएको हुँ।
माटाका कारण पहाडतिर फरक हुने रहेछ। कस्तो अचम्म!
रोपेको लगभग दुई महिनापछि एउटा बिउ ठूलो गाँज बन्दोरहेछ। कार्तिकमा धान पाक्दोरहेछ। कार्तिकमा दसैँ पनि पर्छ नि।
जे होस्, त्यही बेला धान पाक्दो रहेछ। धान फलाउन कति दुःख र लामो प्रक्रिया लाग्ने रहेछ।
साथीहरू! हामीले कहिल्यै खाना फाल्नु हुँदैन है!
अहिले म गहुँको पनि अवलोकन गरिरहेछु। अर्को लेखमा त्यसबारे लेख्छु ल!
(आशुतोष काफ्ले डियरवाक सिफल स्कुलमा कक्षा ३ ‘मनास्लु’ मा अध्ययनरत छन्।)