प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्तापक्ष पराजित हुन नचाहने मनस्थितिमा उत्रिएका कारण चितवनको भरतपुर महानगरपालिकाको मत पत्र च्यात्ने काम सत्तापक्षबाटै भएको भन्दै यस्तै प्रवृति दोहोरिदै जाने हो भने लोकतन्त्रको भविष्य के हुन्छ भनी प्रश्न गरे।
मंगलबारको संसद बैठकमा बोल्दै भरपुरमा मतगणस्थल नियन्त्रणमा लिनसक्ने स्थिति हुँदाहुँदै सत्तापक्ष दलको योजनावद्ध षडयन्त्रमा मुख्य निर्वाचन अधिकृतले सुरु देखि नै विषयलाई गतल मोडमा लान खोजेको दाबी गरे।
भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पनि भरतपुर घटनाबारे केही नबोलेको भन्दै उहाले घुमाउरो शैलीमा सत्तारोहणका लागि पछिल्ला कतिपय घटनामा नेपाली कांग्रेस मौन बस्ने गरेको टिप्पणी गरे।
सरकार मुलुकका संवैधानिक निकायमाथि हस्तक्षेप गरी आफू अनुकुल निर्णय गराउने काममा लागेको भन्दै उनले भविष्यमा त्यस्तो कार्य नदोहोर्याउन पनि सरकारको ध्यानाकर्षण गराए।