सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वासको मत लिन तय भएको प्रदेश सभा बैठक स्थगित भएको छ।
शुक्रबार अपराह्न ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको थियो। प्रदेश सभा सचिवालयले तेस्रो अधिवेशनकाे दशाैं बैठक बस्ने भन्दै सूचना निकालेको थियो।
तर बैठक स्थगित भएको छ। प्रदेश सभा सचिव देवबहादुर बोगटीले शुक्रबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको बताए।
बैठक शनिबार अपराह्न ५:३० बजेसम्मका लागि स्थगित भएको हो।
विश्वासको मतका लागि सत्ता गठबन्धन दलभित्र मुख्यमन्त्रीले छलफल गरेका थिएनन्।
सत्ताघटक नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार नै विश्वासको मत नलिन भनेका थिए।
यो पनि: विश्वासको मत लिने तयारीमा सुदूरपश्चिम मुख्यमन्त्री सोडारी