....अन्तिम दृश्य साह्रै मार्मिक थियो, मन नै कटक्क पार्ने। म सोच्न नसक्ने अवस्थामा पुगेँ। टप्प टप्प आँसुको ढिक्का झरे। आँसुको आद्रतासँगै म रुन लागेको हो या हाँस्न, अलमलमा थिएँ। भित्रका कुण्ठा र पीडाहरु पखालिएका थिए। मन चङगा थियो, मस्त निन्द्रा पछिको सुन्दर विहानी जस्तै। त्यो अनुभूती कसमा विसाउँ जस्तो हँुदै थियो। अचानक झस्केँ, एउटा कुनामा म नितान्त एक्लो बनिसकेको थिएँ, बेहोसीमै फगत एक्लो।
छोटो समयमा मैले चँगेरी र बसन्तका जीवनका महत्वपूर्ण क्षणहरु देखेँ। त्यसपछि उनीहरुको जीवन अनन्त यात्रातिर लाग्यो। तर पनि उनीहरुको मायाँ र त्यागले मेरो हृदयको भित्रसम्म स्पर्श गरेको थियो। उनीहरुको प्रेम कथा वास्तवमै अतुलनीय, प्रशंसनीय, जती विशेषणहरु थपे पनि नपुग्ने खालका थिए, मन्दिरमा पूmल चढाएर नपुगे जस्तै।
उनीहरुको पहिलो भेटघाट काठमाडौको एउटा थेरापी सेन्टरमा भयो। मेरो लागि यो उपचार केन्द्र निकै अनौठो थियो। नामै क्राइङ थेरापी सेन्टर अर्थात रुने उपचार केन्द्र, जहाँ मानिसलाई रुवाएर मनको विरेचन गरिन्छ। अझ सिधै भन्ने हो भने मानिसहरुको मन पखालेर शुद्धिकरण गर्ने, मनको फोहर प्mलस गर्ने ठाउँ। त्यहाँ आएकाहरुको मनमा दुःख, त्रास, उदासीपन, खिन्नता, करुणा जस्ता भावहरु उत्पन्न गराई मन फुकाएर रुन सिकाइन्थ्यो। त्यहाँको बातावरण नै त्यस्तै सिर्जना गरिएको थियो। मधुर बत्ति, मन तरंगित पार्ने संगीत, पीडा भाव झल्काउने पोष्टरहरुले नै आगन्तुकहरुको छातीमा हलचल ल्याइसक्थ्यो। त्यसपछि जव मर्मस्पर्शी छोटा फिल्महरु देखाइन्थ्यो कसैले मन थाम्न सक्तैनथे, डाँको छोडेर रुन थाल्थे। अनि निकै हलुका भएको अनुभव गर्दै फर्किन्थे।
मैले पहिलो पटक देख्दा त्यहाँ पाँच जना युवतीहरु थिए। दुई जना जापानिज जस्ता थिए, दुई जना अमेरिकन वा युरोपियन हुनुपर्छ। नेपाली केटी एक जना मात्र थिई, जसको नाम थियो चँगेरी। निरास जीवन विताइरहेका यी सवै युवतीहरुलाई रुवाएर तनावमूक्त गराउने जिम्मा थियो वसन्तको। उ अग्लो, हट्टाकट्टा आकर्षक शरीर भएको सुन्दर युवक थियो।
उपचार लिन आएका केटीहरु आएर मेचमा वसे। सवै मलिन र उदास अनुहारका थिए। वसन्तले सर्वप्रथम सवैलाई आप्mना तनाव र पीडाका कारणहरु स्मरण गर्न आग्रह गर्यो। चाहेमा सुनाउन सक्ने अवसर पनि दियो।
एक जापानिज केटीले भनी, ‘मेरो लोग्ने धेरै काम गर्छ, यही नै मेरो दुःखको कारण हो। हुन त म पनि त्यति फुर्सदिलो भने होइन, तैपनि जीवन भनेको मेसिन जस्तो काम गरिरहने मात्र होइन, भावनाले भरिएको छ, परिवारसँग वस्ने, घुम्ने भावना साट्ने र रमाइलो गर्नु पनि पर्छ भन्ने मेरो बुझाइ छ। तर मेरो लोग्नेले त्यसमा आत्मसात् गर्न सकेन। उसले मसँग जीवन विताउने कसम खाएको थियो तर विवाह पछि मलाई समय नै दिएन। उ नामी डाक्टर हो, सोह्र घण्टासम्म काम गर्छ, महिनामा लाखौँ डलर कमाउँछ र सवै मलाई दिन्छ तर खर्च गर्न साथ दिदैन। मैले बनाएको खानसम्म भ्याउँदैन।
म रोवर्ट जस्तो मात्र भएँ, जसलाई उसले ब्याट्री चार्ज गर्ने रकम त दिन्छ, तर भावना मन्थन गर्ने र मायाँ व्यक्त गर्ने समय दिन सक्तैन। म सधँै निरासाले ग्रस्त हुन्छु। मन सधैँ भारी र उदास हुन्छ, कसैलाई सुनाउन पाए, अंगालोमा वाँधिएर रुन पाए हुन्थ्यो जस्तो लाग्छ, तर त्यसको लागि पनि कोही छैन। सवै बुलेट ट्रेनको रप्mतारमा दौडिइरहेका छन्। कसैलाई कसैको दुःख र भावना सुन्ने फुर्सद पनि छैन। आँसु र कुण्ठाको बोझले मन मस्तिष्क विचलित बनेको छ’ भन्दै उ हातले आँखा छोपेर हुँकहुँक गर्न थाली।
अर्की युवती बाल्टिमोरबाट आएकि रहिछ। उसको पीडाका कारण पनि कम गम्भिर थिएनन्। उसले अघि सरेर भनी, ‘ड्याडी ममी भएर पनि नहुनु मेरो तनावको कारण हो। जव म १३ वर्ष पुगेकि थिएँ, ड्याडी ममीले डिभोर्स गर्ने निर्णय गर्नुभएछ। सूर्योदयसँगै आएको एक रमणीय विहानी एकैक्षणमा मेरो लागि अन्धकारमय बनेको मलाई अझै याद छ। त्यो विहानी म निकै उत्साहित बनेर ब्रेकफाष्ट गर्न बसेकि थिएँ। ड्याडी ममीले एकछिन मुखामुख गरे अनि मलाई निर्णय सुनाए, ‘हामी डिभोर्स गर्दैछौँ तिमी कोसँग बस्छ्यौ ?’ मैले साँच्चै नै तैरिरहेको जहाजबाट समुन्द्रमा फाल्न लागेजस्तै अनुभव गरेँ। त्यसवेला मेरो मन मस्तिष्क निकै उत्तेजित बन्यो। मैले भनेँ, ‘कि त म दुवैसँग वस्छु नत्र एक्लै। आप्mनो छोरीलाई समेत छोड्न सक्ने निर्णय गर्नेसँग म किन बस्ने ? ड्याडीले ‘यो हाम्रो बाध्यता हो तिमीले अहिलेलाई एकजना छानेर हामीलाई सहयोग गर’ भन्नु भयो, ममी निकै आक्रोसित मुद्रामा हुनुहुन्थ्यो, मैले एक झलकबाहेक हेर्दा पनि हेरिन।
त्यसपछि मैले भनेँ, ‘एक जना रोज्नु भनेको एकजना छोड्नु हो। त्यो म कसरी गर्नसक्छु ? म तपाईँहरु दुवैको छोरी हो, दुवै चाहिन्छ। मेरो बाल्यकालमा ममीले धेरै मायाँ गरेर कोखाई कोखाई गर्दै मलाई खुवाउनु भयो, ड्याडीले कार्टुन देखाउँदै सुताउन भयो। ममीले मेरै तोतेबोली निकालेर सजिलोसँग बोल्न सघाउनु भयो, ड्याडीले नयाँ नयाँ शब्द सिकाएर भाषाको ज्ञान दिलाउनु भयो। ड्याडीले आकासतिर फालेर समाउँदै नयाँ अनुभव गराउँनु भयो ममीले, ए नगर्नु खस्छ भनेर मायाँ देखाउँनु भयो। जव म साइकल कुदाउँथे ममी लड्ला विस्तारो गर भन्नुहुन्थ्यो तर ड्याडी छिटोछिटो दौडा भनेर हौस्याउनु हुन्थ्यो। ममीको सुरक्षा चेतना र ड्याडीको आत्माविश्वास बढाउने कला मलाई दुवैको आवश्यकता आज पनि उत्तिकै छ। ड्याडी र ममीको शरीरको स्वरुप, व्यक्त गर्ने भावना, भविष्यका लागि देखाउने सपना सवै फरक छन्। एक जना मात्र छानेर मेरो जीवन कसरी पूर्ण हुन्छ ?’
मेरो भनाइले ड्याडी अलि गम्भिर हुनुभयो। तर ममीले ‘हाम्रो निर्णय भइसक्यो म आजै यो घर छोडर जाँदैछुु’ भन्नुभयो र त्यही दिन हातमा सुटकेस लिएर हामी दुवैलाई सदाका लागि छोडेर जानु भयो। उहाँको अर्कै पुरुषसँग सम्बन्ध भइसकेको रहेछ। म हेरेको हेरै भएँ। ड्याडी किचनमा बसेर निकैवेर रुनु भयो। तर म रुन पनि सकिन, भित्र देखि असह्य पीडा भयो। ड्याडी ममी छुट्एिको त्यो दृश्य र उहाँहरुको अभावले मलाई सधैँ सताइरहन्छ। अहिले म २५ वर्षकि भएँ, राम्रो जव छ, प्रसस्त कमाइ छ, भौतिक रुपमा कुनै कमी छैन। तर मेरो जीवनमा मैले महसुस गरेको अभावको पूर्ती कहिल्यै हुन सक्तैन। यही मेरो जीवनको ठूलो पीडाको कारण बनेको छ’ भन्दै भाबुक बनेर सुँकसुँक गर्न थाली।
उनीहरुले आप्mना पीडाको स्मरण एवं अनुभव गरेसँगै सवै अत्यन्त भावुक बनिसकेका थिए। उज्यालोमा मधुरोपन गहिरिदै गयो। उनीहरुलाई अझ उदासपूर्ण बनाउने छोटो फिल्मका दृश्यहरु देखा परे। फिल्म निकै मार्मिक र हृदय खलवल्याउने खालको थियो। दश मिनेट नवित्दै फिल्म सकियो। युवतीहरु घुँकघुँक गरेर रुन थाले। एक दुइजना त डाँको छोडेरै रुँदै थिए। कोठामा उज्यालोको प्रवेश हुँदा सवैको आँसु बगिरहेको देखिन्थ्यो। वसन्तले रुमाल लिएर पालैपालो सुमसुम्याउँदै आँसु पुछिदिदै थियो। यसरी आँसु पुछिदिदा कोही चाहिँ बसन्तलाई आंगालो मारेर ग्वाँग्वाँ रोइरहेका थिए। केही छिन पछि साच्चै नै उनीहरुले हलुका र आनन्दको महसुस गरेको अनुभूती हुन्थ्यो।
हाँसेर मानिसहरुको तनाव कम गर्ने उपचार अर्थात लाफिङ थेरापी धेरैतिर चलेको देखिएको भएता पनि रुवाउने उपचारवारे मैले बुझेको थिइन। बसन्तले मानिसलाई रुवाएर तनावमूक्त गराउँदै थियो।
क्राइङ थेरापीवारे उसको भनाइ थियो, ‘गुम्सिएका भावना र लुकेका पीडाहरु पखालेर हलुका हुन रुवाई प्रभावकारी तरिका हो। तनाव, आनन्द, क्रोध, उदासिपन र शारीरिक दुखाइको अनुभवबाट उत्पन्न भावनाको प्रतिक्रिया स्वरुप आँखाबाट आँसु आउने र रुने हुन्छ। यसले आनन्द र हलुका भएको अनुभव पनि गराउँछ। तर तनाव हुँदा सहजै आँसु निकालेर रुन भने सहज छैन। यस्तो वेला दुःखपूर्ण सिनेमा हेरेर वा संगीत सुनेर रुवाइसँगै मनभित्र उब्जिएका दुःखपूर्ण भावनाहरु पखाल्न सकिन्छ तर आप्mनै मुटुमा पीडा दिएर रुनु चाहिँ हानिकारक पनि हुनसक्छ। रुनु भनेको दर्द र दिक्दारीको अभिव्यक्ति मात्र नभएर स्वस्थकर हुनु र पीडा कम हुनु पनि हो।’
यस्तै कुराहरु राख्दै वसन्तले पीडित युवतीहरुको मन हलुका मात्र पारेन चँगेरीसँको प्रेम बन्धनमा पनि बाँधिन पुग्यो। उपचार अघि पछि पनि उनीहरुको भेटघाट र प्रेमलाप हुनथाले। उनीहरु एक अर्कामा छुट्टिनै नसक्ने अवस्थामा पुगे।
अर्को दिन त्यहाँ वसन्त देखिएन, पीडित नयाँ आगन्तुकहरुलाई बसन्तकी प्रेमिका चँगेरीले मनको विरेचन गराउँदै थिई। आज पनि सवैले आ आप्mनो पीडा सुनाए। प्रशिक्षकको रुपमा रहेकी चँगेरीले पनि आप्mनो पीडा सुनाउँदै भनी, ‘मेरो वास्तविक व्यथा आप्mनो प्रेमीलाई सुनाउन नसक्नु नै मेरो पीडाको कारण हो। मेरो प्रेमी मलाई असाध्य मायाँ गर्छ। मैले विहे गर्ने प्रस्ताव राख्दा उसले अत्यन्त खुसीको भाव देखाए पनि विहे गर्ने कुरा गरेन। तर उसले नभने पनि मलाई थाहा छ, उ अर्को महिना मसँग विहे गर्ने गोप्य तयारी गरिरहेको छ। उसले मलाई मन पर्ने गहना र कपडाहरु किनेर सुटकेसमा बन्द गरेको मैले थाहा पाइसकेकी छु।
सम्पूर्ण पाहुनाको लिष्ट बनाइसकेको छ। उ मलाई यति मायाँ गर्छ कि विहेका लागि पनि मैले कुनै दुःख गर्नु नपरोस् भनेर एक्लै खटिइरहेको छ। म टुहुरी हुँ, मेरो यो दुनियाँमा उ बाहेक कोही छैन। उ पनि म जस्तै बालगृहमा हुर्केको हो, एक्लो छ। त्यसैले पनि उसले विवाहलाई जीवनकै उत्कृष्ट खुसीको क्षण बनाउन खोजेको होला। वास्तवमा उसले मेरो विवाह नै सरप्राइज गिप्mटका रुपमा दिन खोजिरहेको छ। यो मेरो लागि ज्यादै खुसीको कुरा हुनुपर्ने हो, तर यो नै मेरो लागि कठोर पीडाको विषय बनिरहेको छ। मलाई व्यक्त गर्न पनि कठिनाइ भइरहेको छ।
म सामान्य मूच्र्छा परेर परीक्षण गराउँन जाँदा बे्रने ट्युमरले मेरो जीवन अन्तिम अवस्थामा पुगिसकेको थाहा भयो। मेरो आयु अव बढीमा एक हप्ता मात्र छ। यो उसलाई थाहा छैन। बाँकि समय म रमाइलो गरेर गुजार्न चाहन्छु, तर विहेको तयारीमा रहेको मेरो प्रेमीले यो कुरा सहन सक्तैन। यही कुरा सुनाउन नसक्दा म अति गहिरो पीडामा पिल्सिइरहेकि छु। बाँकि रहेको छोटो जीवन पनि सुखले विताउन सकिन। म के गरुँ ?’ उ आफैँ रुन थाली।
चँगेरीको व्यथा सुनेपछि रुनका लागि कसैलाई मार्मिक दृश्य भएका फिल्म हेरिरहनु परेन। सव एक अर्कामा अंगालो मारेर रुन थाले। अन्त्यमा सवैले चँगेरीलाई ‘तिम्रो वास्तविकता आप्mनो ब्वाईफ्रेण्डलाई सुनाउन ठीक हो’ भनेर सुझाव दिए। तर चँगेरीले भनी, ‘यो कुरा सुनेर उ अत्यन्तै दुखि हुनेछ। अहिलेको मेरो व्यथा भन्दा मेरो प्रेमीले अनुभव गर्ने पीडाले मलाई बढी सताउने छ। म मेरो दर्द खप्न सकुँला तर उसको बेदना सहन सक्तिन। त्यसैले मेरो यथार्थता सुनाउँने हिम्मत नै जुटाउन सकेकी छैन, तर पनि म कोशिस भने अवश्य गर्नेछु।’
अर्को दिन साँझ चँगेरी बसन्तको कोठामा थिई। उनीहरु आलिंगन गरेर आपसमा माँया व्यक्त गरेको अवस्थाबाट छुट्टिदै थिए।
चँगेरीले भावुक हुँदै सोधी, ‘प्रिय भन त केहीगरी म अचानक मरेँ भने के गर्छौ ?’ बसन्तले गम्भिर हुँदै भन्यो, ‘त्यो बाल्टिनमा बाँधिरेको डोरी देख्यौ ? त्यसैमा लट्केर तिमीलाई पछ्याउँदै आउँछु।’ यो सुनेर चँगेरी झसङ्ग भई। उ निकै वेर वोलिन, अँध्यारो मुख लगाएर वसी। वसन्तले हँसाउन खोज्यो, ठट्टा गर्न खोज्यो तर उसको मूड ठीक भएन। साँझ निकै ढल्के पछि बसन्तले चँगेरीलाई ‘कोठामा पुर्याइदिन्छु हिँड’ भन्यो। तर उसले ‘आज म यहीँ वस्छु, तिमीलाई आपत्ति छ ?’ भन्दै हल्का मुस्कुराई। त्यसको जवाफ वसन्तले पनि मुस्कुराएरै दियो, केही वोलेन।
उनीहरुले राती निकै अवेरसम्म मिठामिठा कुरा गरे, आलिंगन र चुम्बन गरे अनि निदाए। विहान उठ्दा चँगेरी ओछ्यानमा थिइन। उसले विहेमा चँगेरीलाई लगाइदिन किनेर गोप्य रुपमा राखेका कपडा र गहनाको सुटकेस खाली थियो। वसन्तको होस उढ्यो। उसले गम्भिर भएर सुटकेस र वरिपरि अवलोकन गर्यो, अनि अर्को कोठातिर लाग्यो।
त्यस कोठाको दृश्य झन मार्मिक थियो। कोठाको पंखामा वाल्टिनको डोरी बाँधेर चँगेरी झुण्डिइरहेकी थिई। चँगेरी दुलही जस्तै सिंगारिएकी थिई। बसन्तले हतपत गएर अँगालेर उचाल्यो। चँगेरीको शरीर चिसो भइसकेको थियो। उसले लगाएको चुरामा सानो चिट थियो। त्यसमा लेखिएको थियो, ‘प्रिय तिम्रो श्रृङ्गारबाट सिंगारिने र सँगै जीउने रहर थियो, तर डाक्टरले मेरो आयु एक हप्ता भन्दा बढी नभएको तोकिसकेका थिए। म तिमीमा बोझ बन्न पनि सक्तिनथेँ, तिम्रो छटपटाहट हेर्ने धैर्य पनि थिएन। त्यसैले आत्महत्याको अप्रिय निर्णय लिएँ। माफ गर। तिम्रो प्रिय चँगेरी।’
त्यसपछि वसन्तले केही सोचेन। उसको मुखबाट यत्ति मात्र शब्द निस्किए, ‘धन्य इश्वरको लीला, मेरो सुख दुःख महसुस गर्ने नै नभएपछि म कसको लागि यो दुनियाँमा बाँचूँ ? प्रिय, मैले त तिमिलाई सँगै आउने बचन नै दिइसकेको छु।’
यसपछि उसले त्यही डोरीको अर्कोपटी झुण्डिएर आप्mनो पनि जीवनलीला समाप्त पार्यो। एउटै डोरीमा प्रेम जोडी झुण्डिइरहेको दृश्य निकै मार्मिक थियो। त्यसमाथि नेपथ्यमा बजिरहेको करुणरसको संगीतले वातावराण अत्यन्तै भावुक बनायो।
त्यसपछि चारैतिरबाट तालीको गडगडाहट सुनियो। बत्ति बल्यो, सवै उठे। तर म हलको एउटा कुनामा किंकर्तव्यविमुड बनेर एक्लै वसिरहेको थिएँ। पालेले आएर भन्यो, ‘हजुर नाटक सकियोे सवै गइसके अव ढोका थुन्ने वेला भो।’