यूर्निभर्सिटी पढ्ने ताका मेरी एउटी आइरीस साथी एल्बी र मेरो भेट हुने पक्का भयो यो वर्ष।
हामी दुई वर्षपछि भेटेकोले सेलिब्रेसनकै रुपमा हामीले यूर्निभर्सिटिको क्यानटिनमा नै ब्रेकफाण्ट खाने निधो गर्यौ। यूर्निभर्सिटिमा हाम्रा रमाइला क्षणहरु थुप्रै थिए र त्यही याद ताजा गर्नको निम्ति पनि हामी यूर्निभर्सिटिकै क्याफ्टेरियामा ब्रेकफास्ट खान जरुरी ठान्यौ। म आउन अलि ढिला भएकोले उ म भन्दा अगाडि नै पुगेर आफ्नो लागि ब्रेकफास्ट अर्डर गरिसकेकी थिइन्।
उ मोबाइलमा व्यस्त भएको मैले परैबाट देखिसकेकी थिए। मोबाइलमा म्यासेज रिप्लाइ गर्न व्यस्त एल्बीको आँखा मैले सुस्तरी गएर झ्याप्प छोपे। उ छट्पटाउँदा, चल्मलाउँदै आफ्ना हातहरु मैले छोपिरहेको औँलातिर ल्याउँछे। मेरो हात समात्ने वित्तिक्कै उसले मलाई चिनिहाली र्र नुरु, अल्दो द इयस् ह्याज पास्ड् ,यु आर स्टील कोल्ड एज् आइस बेब’ भन्दै मेरो हातहरु हटाएर मलाई तान्दै जोडसँग अँगालो मारि।
फाइन्ड मि एन आइरिस ब्वाइफ्रेण्ड एल्बी द्यान आइ वील भी हट एण्ड हट’ उसको प्रश्नको जवाफ म अलि मात्तिएर दिन्छु। फेरि एल्बीलाई यस्तो मजाक गरेर गफ गरेको मन पनि त पर्छ। दुई दिन बाँचुन्जेल के सिरियर्स भएर बाँच्ने, कसैलाई घात र पाप नगरे भैगोनि हैन र भन्छे ऊ।
हामी यस्तै थियौ यूर्निभर्सिटि पढ्ने ताका पनि। यूर्निभसिर्टिमा उसको संगतले बेलामौकामा म पनि अलि अलि नन भेज गफ र जवाफ दिन जान्ने भएकी थिए। हामी दुई वर्षपछि भेटेको थियौ , यदि मैले यो भेटमा अलिअलि नन भेज गफ गरिन भने हाम्रो भेट नै खल्लो हुन्थयो र भेटलाई न्योचित बनाउ गाह्रो हुन्थ्यो। यो भेटलाई यादगार बनाउन पनि मैले अलिअलि नट्–िडट् िडाइलगहरु फ्याक्नै पथ्र्यो, त्यो हाम्रो भेटको र साथीत्वको माग जो पो थियो।
उसको अर्डर डिस आइसकेको थियो। म मेन्यू पल्टाउँदै यताउती हेर्दै थिए।
उ प्वाक्क बोलिहालिर्, देयर इज एन आइरीस ससेज हट एण्ड सेक्सी, यू क्यान हभ इट।’ मलाई जिस्काउँदा उसलाई खुब रमाइलो लागिरहेको थियो।
मैले टेबलमा भएको काँटा र चक्कु हत्तनपत्त उसलाई तेर्साए।
उ आफ्नो बत्तीसवटै दाँत डिच्च देखाउँर्दै आइ एम किडिङ्ग म्यान’ भन्दै आफ्नो ब्रेकफास्ट लिन थालि।
उसको जवाफले मलाई मासु खानै मन लागेन अनि मैले सुप र भेजि ब्रेकफास्ट अर्डर गरे।
शताब्दी देखिको भोको मानव जसरी उ ग्वाम ग्वाम ब्रेकफाण्ट खादैथिइन्। मैले उसलाई हेर्दै सोधे।
“के छ एल्बी ?’’
टिक छु नुरु। र्
तअ सिन गो मैंथ’ मैले अडकिअडकि तिमीलाई राम्रो र्छ त्यो त राम्रो हो’ भनेको थिए, ब्रोकन आइरिस भाषामा।
मैले आइरीस बोलेकोले उसलाई सर्क्यो। मुखमा हालिसकेको एभोकाडो र त्यसमा मिसिएको झारपात पनि फुत्त मुखबाट निकालि। र्। टिक छु नुरु ’ भन्दा त म खोकिन , यसको यो नाटक जस्तो लाग्यो। मैले हत्तनपत्त पानी दिदै उसको छेउमा गएर ढाड मुसार्दै रिलाक्स हुन आग्रह गरे। उनी मायालु स्वरमा सरी र थ्याङ्क्यु डार्लिङ्ग सँगै भनेर मेरा मेल्वर्नको यो जुनको ठण्डीमा चिसिएका हातहरु उसको तातो हातले एकछिन च्याप्प समातिदिइन् र मेरा औलाहरुमा किस गरिन्। उसको तातो हातको स्पर्श , ओठको लालीको दाग र डार्लिङ्ग शब्द यति डार्लिङ्ग, सम्य र सेक्सी थियो कि एकक्षणमा लाग्यो कास एल्बीको ठाउँमा एलेक्स भइदिएको भए।
वेइटरले हामीलाई हेर्दै मेरो ब्रेकफास्ट टेबलमा राखिदिन्छ। दुई सेकेण्डलाई दिमागमा आएको एलेक्सलाई त्यही नै छोडिदिएर म आफ्नै प्लेटको काँटा चम्चा चलाउन गए। गइरहेको वेटरको पछाडि हेदै एल्बी उसको शरीरको बारेमा मजाक गर्न पनि भ्याइसकि।
उ झारपातबाट घरी एभोगाडो छानिछानि काँटाले खादैथिइन् त घरी ससेज नाइफले काँट्दै एम्मी भन्दै मुन्टो हल्लाउँदै मलाई हेर्दै हाँस्दै थिइन्। म अरेन्ज जुस पिउँदै उसलाई निधार खुम्चाउँदै हेरिरहेको थिए। उसलाई सर्के पछि हामी एकछिन खाँदा बोलेनौ। यो हाम्रो एकछिन नबोल्ने मौन स्वीकृति थियो।
उसलाई हेर्दै सोचिरहे मैले उसको ढाडमा मुसार्दा उनी न त सिरिङ्ग भइन् न त उसका तातो हत्केलाले मेरा चिसा औलामा भएको स्पर्शले मलाई काउकुती नै लाग्यो। किनकि हामी दुवै केटी थियौ र हामीलाई सिकाइएको संस्कारले एकअर्काको शारीरीक रुपमा आकर्षित हुनुहुदैन भन्ने हाम्रो धारणा हामीमा जन्मदाँ देखिनै थियो। केटा भएपछि केटीसँग र केटीभएपछि केटा सँग मात्रै शारीरीक सम्बन्ध राख्नुपर्छ , जीवनसाथी उनीहरु मात्रै हुन सक्छ, सन्तान उत्पादन र सन्तानको हेरचाह पनि यही विपरीतलिङ्गीले मात्रै गर्न सक्छ नत्र अरु सबै अप्राकृतिक हो र एउटै लिङ्गीमा भावना र शारीरीक तबरले एकहुनु पाप हो भन्ने हामीलाई पाठ बारम्बार सिकाइएकाृ थियो र हामी पनि घोडा र भेडाजस्तो यही नै सत्य हो भनी रहेका थियौ। यही सिकाइएको र बुझाइएको कुरालाई नै हामीले हाम्रो सिद्धान्त बनायौ, यही सिद्धान्त नै असल बनायौ, त्यही अनुरुप हामीले पनि आफ्नो व्यवहारमा चढाउँदै आयौ र कोही केटी केटी, केटा केटा सम्बन्धमा रहेको थाहा पाएकोमा नाक खुम्चाउन थाल्यौ।
हाम्रो लामो मौनता पछि उसले आफ्नो मौनता तोड्दै भनिन्। र्
से समथिङ्ग नुरु, यू लस्ट नाउ, कम अन, उइ आर मिटिङ्ग आफ्टर एजेज् बेब।
यूनिभर्सिटिमा हामी एकदमै मिल्ने साथी थियौ। उ सिटि नजिकैको अर्पाटमेन्टमा आफ्नो क्यानडियन ब्वाइफ्रेण्डसँग बस्थिन् तर पनि मेरो लागि भनेर रातिको १२ बजेसम्म लाइब्रेरीमा सँगै असाइनमेन्ट गर्न आउँथि यूनिभर्सिटिमा। उ त थाहा छैन भन्थि तर म चाँहि उसलाई पक्कै तँ मा नेपाली जिन छ, त्यसैले त ब्वाइफेण्डलाई अर्पाटमेन्टमा एक्लै छोडेर मेसँग लाइब्रेरीमा यति रातिसम्म असाइन्मेन्ट गर्न बस्छौ भनेर जिस्काइदिन्थे। उ मेरो कानमा आएर अर्माटमेनटमा कन्र्सन्टेसन भएर असाइनमेन्ट गर्नै पाउँदै, मेरो यो क्यानडियन बइफेण्ड अलि छ क्या भनेर उ पनि जिस्किन्थी। हामी दुवै मुच्र्छा परेर हाँस्थ्यौ अनि हाम्रो वरीपरीको अन्य विद्यार्थीहरु हामीलाई घुरेर हेर्थे। त्यसपछि हामी चोर औला एकअर्काको ओठमा राख्दै फेरि असाइनमेन्ट गर्न थाल्थ्यौ। त्यही दिनहरुमा हामीले एकअर्कालाई हाम्रो एकअर्काको सामान्य बोलिचालिको भाषा सिकाएका थियौ। उ मलाई अरु अरु शब्दहरु पनि सिकाउन आग्रह गर्थिन् अनि म उसको आग्रहलाई ठाडै अस्विकार गर्दै बेक्सरी गाली गरिदिन्थे। तर उ मेरो गालीलाई कहिले मनमा लिदैनथी बरु हाँसिरहन्थी।
ह्वाइज योर्स क्यानडिएन ब्वाइफेण्ड ? मेरो पनि मौनता तोड्दै उसलाई सोधिदिए।
पाइनापल जुस पिउँदै लामो श्वास फेर्दै उइ ब्रोक अप ब्याड्ली लास्ट इयर’ भनेर अलि निरास भइ तर त्यो निरासाले विट मार्न नपाउँदै फेरि उत्तेजित हुर्र्दै नाउ आइ ह्याभ इण्डियन’ ब्वाइफेण्ड भन्दै रमाउँदै थिइ।
यतिखेर चाँहि मलाई सरर्को लाग्यो। जानीजानी होइन खै म त खोक्न पो थालिछु। मलाई जहाँ सम्म लाग्छ उसको इण्डियन ब्वाइफेण्ड चारौँ नम्बरमा पर्छ। उ १५ वर्ष हुँदा आइरिस ब्वाइफेण्ड थिया रे आइरिसमा नै, अनि २१ वर्षको वर्थ डे सेलिब्रेसनमा अमेरीकन ब्वाइफेण्ड भएछ अमेरीका घुम्न जाँदा र दुई वर्ष अगाडि अष्टेलियामा म सँग भेट हुँदा क्यानडियन थियो र अहिले इण्डियन।
मलाई खोकी लाग्यो पछि उसले मलाई मुख थुन्न टिस्यू दिइन्। टिस्यू दिदै उनले भनिनर्् नुरु दिस् टाइम आइ एम ड्याम सिरियस्। उसले क्यानडीयन ब्वाइफेण्डको बारेमा पनि त्यही भने जस्तो लाग्थ्यो नुरु दिस् टाइम आइ एम ड्याम सिरियस’ खैर आँखा सन्काउँदै उ भन्दैथिइ –हि इज द वान हु वान्ली किप्स् मि स्याटिस्फाइण्ड इमोसन्नली एण्ड फिजिकल्लि।
उ एकदमै खुसी देखिन्थी। मेरो सोच र उसको सोच अलि फरक पनि थियो र यस मामिलामा मेरो सोच उमाथि जर्बरजस्ती थुपार्नु त्यति औचित्य पनि थिएन। मैले भने ठिक छ र्नि एज लङ्ग एज यू आर ह्याप्पी द्याटिज् अल द्याज म्याट्र्स’ भनेर उसलाई कम्पटेबल महसुस गरिदिए।
उसले आफ्नो ब्रेकफास्ट सकाइसकेको थिइ, मेरो आँधिनै थियो। उ कफी अर्डर गर्न थलिन् एक्स्ट्रा हट।
यत्तिक्कैमा मैले भनेँ। बाइ द वए, बधाई छ , कङ्गल्याचुलेसन फर योर भेरी योङ्ग र सेक्सी प्राइम मिनिस्टर।
उ दिक्क मान्दै मलाई नै प्रश्न गरीन्।
टेल मी नुरु, ह्वाइ योङ्ग, हण्डसम एण्ड सेक्सी प्राइम मिनिस्टर इज गे ?
उसको कुराबाट साबित हुन्थो कि उसलाई देशले नयाँ युवा प्रधानमन्त्रि पाएको खुसी भन्दा पनि उसको देशको योङ्ग, हण्डसम एण्ड सेक्सी प्राइम मिनिस्टर गे भएकोमा बढी दुःखी छ।
फेरि आफ्नो कुरा आफै काट्दै भनिन्– एनिवेइज्, आइ एम ह्याप्पी दो, ही ह्याज अ स्टोङ्ग डेटरमिनेसन एण्ड द विग थिङ्ग इज हि च्यालेन्जस् आवर हिस्टि।
आइरिस आमा र भारतीय पिताका सन्तान ३८ वर्षीया लिओ भारदकर आयरल्यान्डको इतिहासमा नै कम उमेरको पहिलो प्रधानमन्त्री मात्रै नभएर पहिलो तेस्रो लिङ्गि प्रधानमन्त्रि भएर आयरल्यान्डको इतिहास रचेको विषयमा हाम्रो कुराकानी एकछिन भयो। हाम्रो अबको गफ ठट्यौली भन्दा पनि अलि सिरियस हुन थाल्यो।
हाम्रो विचारको सहमति यो एउटा नयाँ सुरुवात, परिवर्तन सँगसँगै संसारकोलाई एउटा गतिलो पाठ र चुनौति पनि हो भन्ने कुरामा भयो। त्यसैगरी यो खुल्ला चुनौतिको विषयमा छलफल गर्ने क्रममा फ्रान्सको राष्ट्रपतिको पनि प्रसंग आयो। प्रmान्सकै इतिहासमा ३९ वर्षिय सबैभन्दा कम उमेरको राष्ट्रपति इमान्युएल म्याक्रोनको कुटनिटि र उनको २५ बर्षीया श्रीमतीको बारेमा चर्चा गर्यौ। यी दुवै व्यक्तिहरु संसारको लागि विपरीतधुव्रहरु सावित भए। इतिहास साँक्षी छ जब जब मानिसहरु विपरीत धुव्र सावित हुन्छन् तब तब उनीहरुले कठीन परीक्षा दिनुपर्छ म पनि यही समाजको तिमीहरुजस्तै सामान्य मानव चोला भिरेको मानिस हुँ भनेर। यी दुई व्यक्तिहरु आज जुन स्थानमा छन् त्यहाँ पुग्न केही संघर्ष गर्नुपरेन भनेर सोच्नु हाम्रो मूर्खता हो। उनीहरु आज यहाँ पुगेर जुन आफ्नो दृढ संकल्प र आत्माविश्वासलाई अघि बढाएको छ त्यो हामीले मान्नै पर्छ भनेर उनीको तारिफ पनि गर्यौ। उनीहरुबाट हामीले क्षमता भएको व्यक्तिलाई यदि अवसर दिने हो भने सत्ता चलाउन र देशलाई अगाडि बढाउन उमेरले छेक्दैन।
यसरी सिरियर्स गफ हुदैँ गर्दा हामी फेरि ठ्टौली तरिकाले निचोडमा आयौ – द कन्कुलजन इज अहिले संसारमा योङ्ग, ह्यान्सी, सेक्सी, इन्टलेक्च्युल र स्मार्ट प्राइम मिनिस्टरहरुको खाँचो छ।
मैले यत्तिक्कैमा भने , मलाई त सबैभन्दा क्याडियन प्रधानमन्त्रि जस्टिन टुरिडेउ सो हट लाग्छ। मलालालाई त ह्यान्सी लागेको प्रधानमन्त्रि भनेर म जिस्कन थाल्छु। हामी आइरल्याण्डको प्रधानमन्त्रि देखि लिएर , फ्रान्सको राष्ट्रपति देखि क्यानडियन प्रधानमन्त्रिसम्मको कुरा गर्न भ्याएका थियौ।
उसले फेरि आफ्नो अनुभवको अर्को जवाफ दिइहाली। क्यानडियन लुक्स् हट एण्ड सेक्सी फर्म आउटसाइड वट भेरी कोल्ड फरम् इनसाइड, माइ एक्सपेरियन्स् टेलस् बेब। हामी मज्जाले हाँस्यौ र हाइ फाइ गर्यौ।
वेइटरले हाम्रो टेबल पनि सफा गरिसकेको थियो। यत्तिक्कैमा उसले मलाई एउटा अपत्यारिलो प्रश्न सोधी – हाउ अवाउट नेप्लीज् प्राइम मिनिस्टर अर्थात् उसले घुमाएर सोधेको कुरा तिम्रो देशको प्रधानमन्त्रिहरु कतिको योङ्ग, ह्यान्सी, हट, इन्टेलेक्च्युल र स्मार्ट छन्।
यतिखेर त म खोकिन बरु वाल्ल परे।
यो प्रश्नले त मेरो दिमाग फन्फनी घुम्यो एकछिन। म सँग जवाफ त थियो तर दिइन।
तर जानेबेलामा अवस्था गम्भिर पनि बनाउन भएन। अब फेरि कति वर्षपछि भेट्ने हो।
अनि मैले नै उसलाई भनिदिए। घर जाउँ , नेपालको अहिलेसम्मको प्रधानमन्त्रिहरुको बारेमा गुगल गर, उनीहरुको फोटो हेर अनि त्योसँगै उनीहरुले आफ्नो कार्यकालमा गरेका ह्याण्डम कामहरु पनि हेर र मलाई इमेल वा फोन गरेर को ह्यान्सी, सेक्सी र स्मार्ट लाग्छ भन ल। यो तिम्रो असाइन्मेन्ट भयो।
उ यो कुराले अलि बोर मानि र आइ गट योर प्वाइट, नट इन्टरेस्टेट एट अल भन्दै कुरा अन्तै मोडि र हामी क्याफेबाट निस्केर फेडरेसन स्क्विायरतिर लाग्यौ तर हाम्रो मजाक भने चलिनै रह्यो।