साताभर नेप्से परिसूचक १६ अंकले घटेको छ। पहिलो दिन आइतबार १५ सय ७५ अंकमा रहेको नेप्से अन्तिम दिन १५ सय ५९ अंकमा कायम भएको छ।
दुई अर्ब ९६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकम गत साताकोभन्दा केही कमी हो। गत साता दुई अर्ब ९६ करोड २५ लाख रुपैयाँको कारोबार भएको थियो। होटल र अन्यबाहेक सबै समूह यो साता घटेका छन्। ति समूह १–१ अंकले मात्रै धनात्मक रहे।
वाणिज्य बैंक १४, विकास बैंक १५, फाइनान्स १०, बिमा १७३ र उत्पादनमूलक समूह २७ अंकले घटे।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अंकले घटेको छ।
यस साता कारोबार रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रह्यो सो कम्पनीको ३० करोड छ लाखको कारोबार हुँदा दोस्रोमा रहेको प्राइम लाइफको १७ करोडको कारोबार भयो। त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक अगाडि रह्यो। उसको सात लाख ८० हजार कित्ता सेयर किनबेच भएको छ।
नेको इन्स्योरेन्सको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। सानिमा बैंक र कुमारी बैंकको हकप्रद सेयर तथा प्रुडेन्सियल र नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर बजारमा सूचीकृत भएको छ।