चुनावको बहिष्कार र समर्थन गरेका दुई मधेशी दल राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम एकअर्का विरुद्ध आक्रमक देखिन्छन्। तर लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने चुनाव बहिष्कार गरिरहेको राजपाका केन्द्रीय सदस्य मनमोहन चौधरीलाई मेयर पदका लागि जनताले समाजवादी फोरमका फुरुक्किद्दीन खानलाई भन्दा धेरै मत दिएका छन्। चौधरीले यहाँ मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए।
पछिल्लो मत परिणाम अनुसार उनले समाजवादी फोरमका खानलाई तेब्बर बढी मतले अग्रता दिइरहेका छन्। चौधरीले १ हजार ८ सय २६ मत पाएका छन् भने खानले ६ सय ७९ मत ल्याएका छन्। यहाँ तेस्रो स्थान फोरम लोकतान्त्रिकका मेयर उम्मेदवार सजरुद्दीन खानले ल्याएका छन्। उनको मत ६ सय ३७ छ।