नेकपा एमालेको गढ मानिने मोरङको सुन्दरहरैचा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले जितेको छ।
मंगलबार बिहान सार्वजनिक भएको अन्तिम मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार शिवप्रसाद ढकालले १६ हजार ८ सय २१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम् प्रतिद्वन्दी एमालेका केदारप्रसाद गुरागाईँले १५ हजार ८ सय ५३ मत पाए। यस्तै तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेद्वार लक्ष्मी न्यौपाने लताले२८१४ मत पाइन्।
त्यस्तै उप–मेयरमा भने एमालेकी धनमाया तामाङले १५ हजार ४ सय ७८ मत ल्याएर विजयी भइन्। उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकी बिन्दा दाहाल थापाले १३ हजार ९० मत प्राप्त गरिन्। माओवादी केन्द्रका उम्मेद्वार नवराज चापागाइँले ६१७५ मत ल्याए।