नेपाली कांग्रेसले शुदूर पुर्वी मेचिनगरपालिकाको मेयर पद जितेको छ। नेपाली काँग्रेसका विमल आचार्यले मेचिनगर नगरपालिकाको मेयर पदमा जित हाशिल गरेका हुन्।
नेपाली कांग्रेसका युवा नेता विश्वप्रकास शर्माको गृहनगर मेचिनगरको उपमेयरमा भने एमालेकी मिना उप्रेती निर्वाचित भएकी छन्। आचार्यले एमालेका विष्णु प्रसाईलाई हराए भने उप्रेतीले नेपाली कांग्रेसकी दुर्गा खतिवडालाई हराइन्।
शुक्रबार राति सम्पन्न मतगणनाबाट २० हजार ७ सय ७६ मत ल्याउँदै आचार्य मेयरमा निर्वाचित भएका हुन् ।
आचार्यका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विष्णु प्रसाईंले १९ हजार ४ सय २२ मत ल्याए । प्रसाईंलाई पछ्याएका माओवादीका हंशलाल राजवंशीले ७ हजार ६ सय ९४ मत ल्याए ।
नगरको उपप्रमुखमा भने एमाले उम्मेदवार मिना पोखरेल उप्रेती विजयी भएकी छिन् । उनले १९ हजार ९ सय ९४ मत ल्याइन् ।
उनकी निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी दुर्गादेवी खतिवडाले १९ हजार ७७ मत ल्याइन् । माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी इन्दिरा कार्कीले ७ हजार ६ सय ६८ मत ल्याइन् ।