राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा लगाएका तत्कालिन आयोजना प्रमुख दिलिप बहादुर कार्कीसँग विशेष अदालतले १ करोड १० लाख धरौटी माग गरेको छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी सदस्य न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको १ करोड १० लाख रूपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर आजै उनी थुनामुक्त भएका छन्।
नेपाल बंगलादेशको वैंक ग्यारेण्टी बुझाएपछि उनलाई तारेखमा छोडिएको विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए। तत्कालिन आयोजना प्रमुख कार्कीले उक्त आयोजना निर्माणका क्रममा एक अर्व ५६ करोड ८२ लाख ८३ हजार एक सय ९९ सय भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीलाई विगो बमोजिम जरिवाना तिराउन माग गरेको छ।
सिक्टा सिंचाई आयोजनामा २ अर्व १३ करोड ७६ लाख ७९ हजार नौ सय २० भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईमहिना अघि पूर्वमन्त्री विक्रम पाण्डे, आयोजना प्रमुख कार्की सहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
पाण्डे पनि विशेषले मागेको ४ करोड धरौटी बुझाएर थुनामुक्त भैसकेका छन्।