सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक शनिबार बस्दैछ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार दलको बैठक बोलाइएको हो।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहाल सहभागी हुनेछन्।
‘१२ बजेदेखि बैठक छ,’ उनले कीर्तिपुरमा आयोजित एक कार्यक्रममा भने, ‘म बैठकमा जानु छ, प्रधानमन्त्रीज्यूले छिटो आउनु भन्नुभएको छ।’