ट्राफिक प्रहरीले नागढुङ्गा–नौबिसे सडकखण्ड मर्मत कार्य भएकाले सडक व्यवस्थापनमा सहयोग गर्न प्रयोगकर्तालाई आग्रह गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक मर्मत कार्य भइ रहेकाले बुधबार सडक एकतर्फी मात्र सञ्चालन हुने हुँदा ट्राफिक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको हो।
नागढुङ्गा–नौबिसे सडकमा बुधबार दिउँसो १ बजेदेखि निर्माण कार्य भइरहेको छ। महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सडक मर्मत कार्य भइरहेकाले लेन अनुशासन पालना गरी सवारी व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण चालकलाई आग्रह गरे।
यसअघि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कलङ्की–थानकोट सडकखण्ड मर्मत कार्य भएको थियो। सडक मर्मतपछि दुवैतर्फ सवारी चल्ने भएकाले आवतजावतमा समेत सहज हुने महाशाखाले जनाएको छ।