प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेटेर फर्किएका छन्।
शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई अध्यक्ष १५ मिनेटअघि बालुवाटार फर्किएका हुन्। मन्त्रीमण्डलको हेरफेरका विषयमा छलफल गर्न उनीरहरू शितलनिवास पुगेका थिए।
बालुवाटार फर्किएलगत्तै सचिवालय बैठक सुरू हुनेछ। सचिवालयका सबै सदस्यहरू बालुवाटार आइसकेका छन्।
वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल भने विदेशमा रहेका छन्।