कोशी प्रादेशिक अस्पतालकी निर्देशक संगीता मिश्र काठमाडौंको परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा सरूवा भएकी छिन्।
मिश्रलाई प्रसुती गृहको निर्देशकका रुपमा सरूवा गरिएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।
मिश्रले भने सरूवाको औपचारिक पत्र नपाएको, खबर मात्र पाएको बताएकी छन्। १० वर्षदेखि कोशी अस्पतालमा काम गरिरहेकी मिश्र स्त्रीरोग र पब्लिक हेल्थ विशेषज्ञ समेत हुन्।
उनले कोशी अस्पतालमा स्त्री रोग विभागको प्रमुख भएर समेत काम गरिसकेकी छन्। तीन महिना अघि कोशी अस्पतालको नेतृत्व सम्हालेकी थिइन्।
कोरोना संक्रमणको उपचारका लागि कोशी अस्पताललाई कोरोना विशेष अस्पताल बनाउन, लकडाउनका बेलामा पनि सबै किसिमका सेवाहरू खुला राख्न उनले नेतृत्वदायी भूमिका खेलेकी छन्।
यो पनि हेर्नुहोस : संगीता, जसको आत्मविश्वासमा उभियो कोशी कोरोना अस्पताल