प्रदेश दुईको सोमबार बसेको प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर –राजेन्द्र महतो पक्षका सांसदहरु अनुपस्थित भएका छन्।
आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्य अनुपस्थित भएका हुन्।
पार्टीमा विधान विपरीत संसदीय दलको नेता चयन गरिएकै कारण आफूहरु आजको प्रदेशसभाको बैठकमा उपस्थित नभएको दलका प्रमुख सचेतक परमेश्वर साहले सेतोपाटीलाई बताए ।
‘पार्टीभित्र भएको अवैधानिक निर्णयको विरोधस्वरुप आज सदनमा उपस्थित नभएका हौँ,’ प्रदेशसभा सदस्य साहले भने।
प्रदेश सरकारका मुख्यमन्त्रीले पार्टीभित्र भएको विवादकै कारण मन्त्रीलाई बर्खास्त गरेको निर्णय आफूहरूलाई मान्य नभएको उनले बताए ।
‘अहिलेको राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठकमा उपस्थित हुनु जायज लागेन,’ प्रदेशसभा सदस्य साहले भने।
प्रदेशसभाको चालु पाँचौँ अधिवेशन अन्त्य गर्दै सरकारले सोमबारबाट बजेट अधिवेशन सुरु गरेको हो।