सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन्।
शुक्रबार खनाल निवास डल्लु पुगेका सापकोटाले खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै पछिल्लो राजनीतिक अवस्था बारेमा समेत छलफल गरेका थिए।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार पछिल्लो राजनीतिक अन्योललाई कसरी समाधान गरी संसद अगाडि बढाउने विषयमा समेत सभामुख सापकोटाले खनालसँग सल्लाह गरेका थिए।
प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण संसद बैठकल लगातार अवरोध हुँदै आइरहेको छ।