नेपाली काङ्ग्रेसको मुस्ताङ सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन्।
शनिबार भएको जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रुपमा जिल्ला सभापति भएका हुन्।
काङ्ग्रेसले १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशन सुरू गरेको थियो।
थकाली सर्वसम्मत मुस्ताङ सभापति चयन भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई बताए।
थकाली पूर्ववाणिज्य मन्त्रीसमेत हुन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।
काङ्ग्रेसले एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि शनिबार विभिन्न हिमाली जिल्लामा अधिवेशन गरेको छ।