नेपाली कांग्रेस कालिकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही निर्वाचित भएका छन्। उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
जिल्ला सभापति र सिंगो कार्यसमिति नै सर्वसम्मत रूपमा चयन गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेस नेता भूपेन्द्रजंग शाहीका अनुसार कालिकोटका ८२ वडा, ९ पालिका र २ प्रदेश सभा क्षेत्रमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ।
प्रदेश सभा क्षेत्रीय सभापति भने नन्दबहादुर सिंह र आनन्दकुमार शाही चयन भएका थिए।