नेपाली कांग्रेस सिन्धुपाल्चोकमा विवाद सिर्जना हुँदा वडा अधिवेशन अन्यौलमा परेको छ।
कात्तिक ३० का लागि वडा अधिवेशन गर्ने भने पनि निर्वाचन अधिकृत उपस्थित नहुँदा अधिवेशन हुन सकेन। सिन्धुपाल्चोकमा २ वडा अधिवेशनमा विवाद छ।
सभापति विकास लामाले विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृत उपस्थित नहुँदा २ वटा वडा अधिवेशन गर्न नसकिएको उल्लेख गरेका छन्। साथै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सहयोग असहयोग गरेको उनको आरोप छ।