सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित कार्यक्रम स्थगित गरेको छ।
मौसम प्रतिकूल भएको भन्दै लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका/नगरपालिका केन्द्रित कार्यक्रम गर्न जनमत पार्टीले निर्देशन दिएको छ।
मौसमले साथ दिएमा किसानहरूसँग अन्तर्क्रिया गर्नसमेत पार्टीले आग्रह गरेको छ।
साथै माग सम्बोधन नभए फागुन १ गतेदेखि आन्दोलनको कार्यक्रम ल्याउने पार्टीका महासचिव चन्दन सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।
जनमत पार्टीले मधेश प्रदेशमा पछिल्लो समय किसान आन्दोलन नाम दिएर प्रदर्शनलगायत कार्यक्रम गर्दै आएको छ।