नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन्।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बुधबार सेजुवाललाई प्रवक्ता मनोनीत गरेका हुन्।
जुम्लाका सेजुवाल नेविसंघ केन्द्रीय सदस्य छन्। उनी अधिवक्ता समेत पनि हुन्।
सेजुवालले नेविसंघको नेपाल ल क्याम्पस इकाइमा रहेर लामो समयदेखि काम गर्दै आएका थिए।