प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक अहिले सिंहदरबारमा बसिरहेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता भएपछि सभामुख सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन्।
सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाएका थिए। अरू सबै दल बैठकमा सहभागी भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का प्रतिनिधि बैठकमा आएका छैनन्।
सबै तस्बिरहरू- नवीनबाबु गुरूङ