प्रहरी प्रधान कार्यालयले सर्लाहीका प्रहरी उपरीक्षकको आकस्मिक सरूवा गरेको छ।
प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो।
प्रसाईंलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।
प्रसाईंको ठाउँमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत् प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलको सरूवा भएको केसीले बताए।
छ महिनाअघि प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको आकस्मिक सरूवा गर्दा प्रदेश २ प्रहरी कार्यालयमा कार्यरत् प्रसाईंलाई सर्लाही जिल्ला पठाइएको थियो।
कार्यसम्पादन सन्तोषजनक नभएपछि प्रसाईंलाई हटाइएको प्रधान कार्यालय स्रोतले बतायो। गत शनिबार जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण भएको थियो।
सडक विस्तार गर्ने क्रममा साहमाथि आक्रमण भएपछि जसपा त्यहाँको प्रहरीसँग असन्तुष्ट बनेको थियो।