स्थानीय चुनावका लागि आचार संहितामा प्रतिबद्धता माग्न निर्वाचन आयोगले बोलाएको बैठकमा दलहरूले नाराबाजी गरेका छन्।
आयोगले जारी गरेको आचार संहिताबारे जानकारी नै नदिई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै उनीहरूले आफूहरूले बोल्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका हुन्।
केही साना दलका प्रतिनिधिहरूले नाराबाजी गरे पनि आयोगले उनीहरूको माग सुनुवाइ गरेन। आयोगले चैत ३ गते आचार संहिता राजपत्रमा प्रकाशित गरिसकेको छ।
केही दलका तर्फबाट सहभागी भएका प्रतिनिधिले भने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेर फर्किएका छन्।