नेकपा माओवादी केन्द्रका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीलाई तत्काल कारबाही नहुने भएको छ।
नेकपा माओवादीको जिल्ला कमिटीले बुधबार अन्सारीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो।
जिल्ला कमिटीले कारबाहीको लागि सिफारिसमात्रै गर्न सक्ने भएकाले त्यसबारे छानबिन भइरहेको माओवादी केन्द्रका मधेस इञ्चार्ज गणेश साहले सेतोपाटीलाई बताए।
'हामीले घटनाबारे छानबिन गरिरहेका छौं। छानबिनको रिपोर्ट आएपछि मात्रै यसबारे निर्णय हुन्छ। जिल्ला कमिटीले कारबाही गर्न सक्दैन,'उनले भने,'मधेस प्रदेशको पार्टी कार्यालय तोडफोडमा संलग्नलाई मात्रै कारबाही गर्ने हो। त्यसमा अन्सारीको संलग्नता देखिएको छैन।'