नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिको प्रशिक्षण बिहीबार पनि जारी छ।
कमलपोखरीस्थित कुमारी हलमा भइरहेको प्रशिक्षणमा आज विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिइरहेका छन्।
पूर्वमुख्यसचिव एवं चीनका लागि पूर्वराजदूत लीलामणि पौडेलले सुशासनबारे प्रशिक्षण दिएका छन्।
सुशासनको आधार बनाउने ठाउँ नै स्थानीय सरकार भएकाले जनप्रतिनिधिले आ-आफ्नो पालिकामा सुशासनको अभ्यास गर्नुपर्ने उनको भनाइ थियो।
‘सरकारले दिने सेवा नियम-कानुन बनाएर जटिल बनाउनेभन्दा पनि सहज बनाउनेतिर जानुपर्छ,’ पौडेलले भने,‘सुशासनको सुरूआत गर्ने ठाउँमा नै स्थानीय तह हो।’
बुधबारदेखि सुरू भएको माओवादीको प्रशिक्षण आज सकिँदैछ।