सत्तारूढ नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सरकार जिम्मेवार र बफादार नबनेको बताएकी छन्।
नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको उनको भनाइ छ।
खेती लगाउने बेला किसानले मल नपाएको पनि उनले बताइन्।
महँगीले नागरिकको ढाड सेके पनि महँगी नियन्त्रणमा सरकारले ध्यान पुर्याउन नसकेको उनको भनाइ थियो।
हत्या, हिंसा र बलात्कारका घटना भए पनि पीडितले न्याय पाउन नसकेकोतर्फ पनि उनले ध्यानाकर्षण गराएकी छन्।
‘सरकार कहाँ छ? जिम्मेवार र बफादार बन्नुपर्दैन?,’ प्रतिनिधि सभा संसदको आजको बैठकमा बोल्दै उनले भनिन्।