नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दलाल पुँजीलाई पोसेर देशमा समाजवाद आउन नसक्ने बताएका छन्।
शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
उनले दलाल पुँजीलाई पोसेर र प्रोत्साहन दिएर देशको राष्ट्रिय पुँजीको प्रवर्द्धन हुने सम्भव नभएको बताए।
उनले राजनीतिमा विकृति, विसंगति, व्यतिवादी प्रवृत्ति देखापरेको पनि बताए। र यसलाई निमिट्यान्न पारेर अघि बढ्न आवश्यक रहेको बताए।
‘हाम्रो राजनीतिको केन्द्रबिन्दु देश र जनता हुनेछ। राजनीतिमा विकृतिहरू, विसंगति, व्यक्तिवादी प्रवृति देखापरेको छ। भ्रष्ट प्रवृति देखिरहेको छ। दलाल पुँजीलाई पोसेर, प्रोत्साहन दिएर, देशको अर्थतन्त्रमा नोक्शान पुर्याएर देशमा समाजवाद आउने र राष्ट्रिय पुँजीको प्रवर्द्धन हुनेकुरा सम्भव छैन।’
उनले नेपालको राजनीतिमा भ्रष्ट प्रवृत्ति देखा परेकाले बेलैमा सचेत हुनुपर्ने आवश्यक गरेको बताए। त्यस्तै पुष्षलालबाटै दिक्षित भएर आफूले नयाँ पार्टी खोलेको पनि बताए।