नेपालको सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा दु:ख व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालबाट नितिशले गिरिको आत्माको चीर शान्तिको कामना गरेका हुन्।
गिरिबारे उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका माननीय सदस्य प्रदीप गिरिजीको निधन दु:खद छ। उहाँ नेपाली राजनीतिका दार्शनिक र समाजवादी विचारक हुनुहुन्थ्यो। उहाँले राजनीतिक सीमाभन्दा पर सबै विचारधाराका राजनीतिक दलबाट सम्मान र आदर पाउनुभयो। ईश्वरले उहाँको आत्मालाई शान्ति देऊन्!’
यसैगरी भारतीय कम्युनिष्ट नेता सीताराम येचुरीले पनि गिरिप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आफ्ना घनिष्ठ मित्रको निधन भएको भन्दै उनले श्रद्धाञ्जली दिएका हुन्।
‘साथी प्रदीप गिरि नेपालमा राजतन्त्र फाल्ने आन्दोलनका लडाकु, लोकतन्त्रका अथक योद्धा र भारतका घनिष्ट मित्र थिए,’ येचुरीको श्रद्धान्जली वक्तव्यमा भनिएको छ, ‘यस्ता मित्रको निधनमा हामी गहिरो दुःख व्यक्त गर्छौं।’
येचुरी भारतीय कम्युनिट पार्टी मार्क्सवादीका नेता हुन्।