जनता समाजवादी पार्टी (जसपा) की प्रतिनिधिसभा सांसद रुही नाज पनि नेकपा एमाले प्रवेश गरेकी छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन्।
सर्लाहीकी नेतृ नाजलाई संवैधानिक व्यवस्था अनुसार जसपाले मनोनीत प्रतिनिधिसभा सदस्य बनाएको थियो। तर लामो समयदेखि उनी जसपा अध्यक्ष पार्टीभित्र असन्तुष्ट थिइन्।
उनीसँगै जसपाकै मधेश प्रदेशसभा सदस्य अञ्जु यादव पनि एमाले प्रवेश गरेकी छन्। विभिन्न पार्टी परित्याग गरी जनकपुरधाममा झण्डै ६ हजार व्यक्ति एमाले प्रवेश गरेको नेताहरूको दाबी छ ।