निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक बसेको छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको बताए।
‘के गर्ने भनेर हामी छलफल गर्दैछौं। नेपाल बार पुरानै अडानमा छ,’ उनले भने। नेपाल बारले यसअघि राणालाई सर्वोच्चमा प्रवेशमा रोकसमेत लगाएको थियो।
चोलेन्द्रशमशेरले सर्वोच्च फर्केर नियमित काम गर्न पाउनुपर्ने माग गर्दै संघीय संसद सचिवालयमा मंगलबार निवेदन दिएका थिए। संघीय संसद सचिवालयले आज चोलेन्द्रलाई महाभियोग निष्प्रभावी भएको पत्र दिएपछि चोलेन्द्र सर्वोच्च जान लागेका छन्।