प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले काभ्रे धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक डाक्टर सुबोध शर्मालाई नियुक्त गरेका छन्।
स्कुल अफ साइन्सका डिन रहेका शर्मालाई उपकुलपति रामकण्ठ माकाजुले रजिष्टारमा सिफारिस गरेपछि कुलपतिले मंगलबार शर्मालाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।
रजिष्टार भोला थापाले भदौ ७ मा राजीनामा दिएपछि केयुमा रजिष्ट्रार खाली थियो।
बरिष्ठता तथा विधि मिलेर शर्मालाई रजिष्टार बनाइएको भन्दै प्राध्यापकहरुले विज्ञप्ति निकालेर बिरोध जनाएका छन्। रजिष्टार शर्माले मंगलबार नै पदबहाली गरिसकेका छन्।