अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घूस लिएका रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजीबाबु यादवलाई घूस रकमसहित नियन्त्रणमा लिएको छ।
अख्तियारले रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इञ्जिनियर रामजी बाबु यादवलाई घूस रकमसहित शुक्रबार मलंगवाको अशोका होटलबाट नियन्त्रणमा लिएको हो।
विद्युत जडान गर्ने कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी दिन सहज गराई दिए बापत सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले ५० हजार घूस रकमसहित यादवलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।