घोराहीको एक होटलमा बास बसेका ६ युवामध्ये एक युवा मृत अवस्थामा फेला परेका छन्।
बंगलाचुली गाउँपालिका वडा नं. ८ रानीवासका २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
उनी साथीहरूको साथमा शनिबार राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोकस्थित शंकर होटेलको कोठा नं. २०६ मा घर्ती मृत फेला परेका हुन्।
भारतको महाराष्ट्रबाट रोजगारी गरि फर्किदै गरेका घर्तीसहित ६ जना शनिबार होटलमा बास बसेका थिए। अन्य चार जना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति पनि सँगै सुतेको प्रहरीले बताएको छ।
बिहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।