पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्किृय पारेको छ।
सो वस्तु सकेट बम भएको आशंका गरिएको छ। यसबारे सेनाले अनुसन्धान गरिरहेको छ।
शंकास्पद वस्तु निस्कृय पार्ने क्रममा कुनै पनि क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए।