बारा प्रसौनी गाउँपालिका ७ स्थित बलुवा गाउँमा १४ वर्षीय बालकको शव फेला परेको छ।
मंगलबार साँझ करिब ६ बजे स्थानीय १४ वर्षीय रोशन सहनीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
राधेश्याम सहनीका छोरा सोमबार बेलुकी हराएका थिए।
सहनीको टाउकोमा ढुङ्गाले हिर्काएर हत्या गरी खेतमा फ्याकिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख कृष्ण पङ्गेनीले बताए।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।