स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमिसँग विदेशबाट आएका वा उनीहरूसँग सम्पर्कमा रहेका ९ हजार एक सय ६८ जना क्वारेन्टिनमा रहेको बताएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयलका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएका हुन्।
साथै,उनले एकसय ७ जना आइसोलेसनमा रहेको समेत जानकारी दिए। तीमध्ये उपत्यकामा १२ जना र उपत्यका बाहिर ९५ जना रहेका छन्।
'काठमाडौं उपत्यकामा १२ जना र बाहिर ९५ जना गरी कुल १०७ जना आइसोलेसनमा रहेका छन्,'उनले भने,'त्यस्तै ९ हजार १ सय ६८ व्यक्तिहरू क्वारेन्टिनमा छन्।'